काठमाडौं : नेपाल धितोपत्र बोर्डले याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले यी दुई कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न आइतबार स्वीकृति दिएको हो ।
बोर्डका अनुसार याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर जारी गर्न लागेको हो । हाइड्रोपावरको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
सोपान फर्मास्युटिकल्स लिमिटेडले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
Advertisment