काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको साढे ४७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्टको ४७ लाख ८० हजार ३६४ दशमलव ७५६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हिमालयन लघुवित्त वित्तीय संस्थाको ६.६५ प्रतिशत बोनसपछिको दुई लाख १२ हजार ६७९ दशमलव ०५६६ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै अघोराही सिमेन्टको १० प्रतिशत बोनसपछिको ४५ लाख ६७ हजार ६८५ दशमलव ७० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।