Below Menu
Below Menu

बालेनले कटाए १० हजार मत, केपी ओली निकै पछाडि

बालेनले कटाए १० हजार मत, केपी ओली निकै पछाडि

काठमाडौं : झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका छन्।

पछिल्लो प्राप्त विवरण अनुसार, बालेन शाहले १० हजार ४६६ मत प्राप्त गरी आफ्नो अग्रतालाई सुरक्षित राखेका छन्। यो मत संख्या उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीको तुलनामा झण्डै चार गुणा बढी हो। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले हालसम्म मात्र २ हजार २०५ मत प्राप्त गरेका छन्।

त्यस्तै काँग्रेसकी उम्मेदवार मंघरा चिमरियाले २९७ मत प्राप्त गरेकी छिन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ३१८ मत प्राप्त गरेका छन् ।

वर्षौँदेखि ओलीको अभेद्य गढ मानिँदै आएको झापा–५ मा रास्वपाको यो उदयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। बालेनको यो प्रारम्भिक अग्रताले चुनावी नतिजा कता जान्छ भन्ने कौतुहलता थपेको छ।

हालसम्म झापाको ५ नम्बर क्षेत्रमा १५ हजार ७४० मत गणना भएको छ भने ६७० मत बदर भएकाे छ । झापाका ५ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुको अग्रता रहेको छ । 

 

Advertisment

थप समाचार