काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘कम्बो ४९९ प्याक’ नामक नयाँ सेवा सार्वजनिक गरेको छ। यस प्याकेजमार्फत प्रयोगकर्ताले एउटै प्याकेजमा डाटा भ्वाइस, तथा एसएमएसको सुविधा पाउनेछन्।
यस प्याकेजअन्तर्गत ग्राहकहरूले ८जीबी इन्टरनेट डेटा, जुनसुकै नेटवर्कमा कुरा गर्न मिल्ने ५०० मिनेट अल नेट भ्वाइस कल तथा नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने १०० वटा एसएमएस प्राप्त गर्नेछन्।
नेपाल टेलिकमका अनुसार Prepaid प्रयोगकर्ताका लागि यस प्याकेजको अवधि २८ दिन रहनेछ भने पाेस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधि उपलब्ध हुनेछ।
ग्राहकहरूले यो प्याकेज सजिलै सक्रिय गर्न *१४१५5# डायल गर्न सक्नेछन् वा नेपाल टेलिकमको नेट एप प्रयोग गरेर पनि खरिद गर्न सक्नेछन्।
मोबाइल सेवासम्बन्धी थप जानकारी लिन वा कुनै समस्या परेमा प्रयोगकर्ताले १४९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। नेपाल टेलिकमले यो प्याकेजमार्फत सस्तो दरमा डेटा, भ्वाइस र एसएमएसको संयुक्त सुविधा उपलब्ध गराउँदै ग्राहकहरूलाई थप सहज सञ्चार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
Advertisment