Below Menu
Below Menu

अब नेपाली जनताको सुखको दिन आउँदै छ: तोसिमा

अब नेपाली जनताको सुखको दिन आउँदै छ: तोसिमा

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्।

उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जितलाई जिम्मेवारीको रुपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् ।

‘आज देशभरीबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन सम्रग मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रुपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौ ।’

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत प्राप्त गर्दा राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याए । यसैगर िश्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।

Advertisment

थप समाचार