Below Menu
Below Menu

ललितपुर-२ मा जगदिश खरेल विजयी

ललितपुर-२ मा जगदिश खरेल विजयी

ललितपुर : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का जगदिश खरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् ।

खरेलले ३९ हजार ४९१ मत पाएका छन् । कांग्रेसका महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त गरे । यस क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतसहित चौथो स्थानमा खुम्चिए भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरे ।

Advertisment

थप समाचार