रामेछाप : प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
उनका प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेल १७ हजार ६०९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गरेका छन् ।
Advertisment