मकर जितु माया सुरी हाइड्रोपावरको लकइन पिरियड चैत २८ सकिने, ६० लाख कित्ता बढी शेयर थपिदै

मकर जितु माया सुरी हाइड्रोपावरको लकइन पिरियड चैत २८ सकिने, ६० लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : मकर जितु माया सुरी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २८ गतेबाट सकिने भएको छ ।

Sponsored Advertisement

कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ६० लाख ३० हजार ६२८ कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले ५३ लाख २० हजार कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये ३२ हजार २८ कित्ता कर्मचारीहरुका लागि र छ लाख ६८ हजार ६०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार