रास्वपालाई असफल हुने छुट छैनः शिशिर खनाल

रास्वपालाई असफल हुने छुट छैनः शिशिर खनाल

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् ।

Sponsored Advertisement

 आफ्नो क्षेत्रको मतदाताहरुसँग भेट

घाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने उनले प्रतिबद्धता जनाए ।

उनले भने, ‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनैपनि हालतमा असफल हुने छुट छैन् । तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौं ।’

रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको।बताए ।
संसदमा रास्वपाको उल्लेखनीय संख्या भएकाले पूराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे ।

खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

थप समाचार