Below Menu
Below Menu

रास्वपाको अभूतपूर्व बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा दोस्रो सर्किट ब्रेक

रास्वपाको अभूतपूर्व बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा दोस्रो सर्किट ब्रेक

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।

सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

त्यसपछि २० मिनेटका लागि बन्द भएको नेप्से फेरि खुल्नसाथ दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् ।

यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ । नेप्सेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार ४० मिनेटपछि बजार पुनः खुल्नेछ ।

Advertisment

थप समाचार