काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३१० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment