Below Menu
Below Menu

पाँच वर्षका लागि छ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

पाँच वर्षका लागि छ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले छ अर्ब रुपैयाँ बराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र “विकास ऋणपत्र २०८७” जारी गर्ने भएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत यसमा लगानी गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले फागुन २६ गते मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ भने ऋणपत्र फागुन २७ गते निष्कासन गरिनेछ। यसको साँवा तथा अन्तिम ब्याज भुक्तानी २०८९ फागुन १५ गते हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने जनाइएको छ।

कुल निष्काशित रकममध्ये ८५ प्रतिशत (५ अर्ब १० करोड रुपैयाँ) प्रतिस्पर्धी बोलवालाका लागि र १५ प्रतिशत (९० करोड रुपैयाँ) अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी समूहमा पूर्ण माग नआए बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई वितरण गरिनेछ भने बढी माग परेमा समानुपातिक रूपमा बाँडफाँड गरिनेछ।

प्रतिस्पर्धी बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रमसम्म मिलाई, आवश्यक रकमसम्म पुगेपछि कायम हुने दरलाई “एकल ब्याजदर”  मानिनेछ। सो दर र सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबैलाई सोही दरमा ऋणपत्र प्रदान गरिनेछ।

ऋणपत्र खरिदको न्यूनतम सीमा ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्काशित रकमको दायराभित्र ५० हजारका गुणनफलमा हुनुपर्नेछ। लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीमध्ये कुनै एक विधिबाट मात्र सहभागिता जनाउन सक्नेछन्।

यसैबीच, नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई अप्रतिस्पर्धी बोलवालाको रूपमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलवपछि दुई अंकसम्म उल्लेख गर्नुपर्नेछ भने बहु–ब्याजदरमा पनि बोल पेश गर्न सकिनेछ। अप्रतिस्पर्धी बोलवालाले भने केवल रकम उल्लेख गरे पुग्नेछ र उनीहरूलाई प्रतिस्पर्धी प्रक्रियाबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।

Advertisment

थप समाचार