Below Menu
Below Menu

अर्थमन्त्री खनालद्वारा रातो पासपोर्ट फिर्ता 

अर्थमन्त्री खनालद्वारा रातो पासपोर्ट फिर्ता 

काठमाडौं : अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको सूचनामार्फत उनले आफ्नो नाममा जारी गरिएको कूटनीतिक राहदानी नम्बर डिए ०००२७१० को प्रयोजन समाप्त भएको जनाउँदै फिर्ता गरिएको जानकारी दिएका हुन्।

अर्थमन्त्रीको हैसियतमा प्रयोगका लागि उपलब्ध गराइएको उक्त राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता पठाइएको खनालले बताएका छन्।

राहदानी फिर्ता गर्नका लागि खनालले मन्त्रालयको सम्बन्धित महाशाखालाई पत्राचारसमेत गरेका छन्। उनले लेखेको पत्रमा भनिएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन अनुरोध गर्दछु।”

पत्रसँगै कूटनीतिक राहदानी पनि संलग्न गरी फिर्ता पठाइएको उनले जानकारी दिएका छन्।

Advertisment

थप समाचार