काठमाडौं : नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानिगाड हाइड्रो लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले यी दुई कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार स्वीकृति दिएको हो ।
बोर्डका अनुसार कालंगा हाइड्रो लिमिटेडले जारी पुँजीको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर जारी गर्न लागेको हो । हाइड्रोपावरको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
सानिगाड हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
Advertisment