काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment