काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४० लाख कित्ता र संस्थापकको एक करोड ६० लाख कित्ता गरी कुल दुई करोड कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९० दशलमव ६५ रुपैयाँदेखि २७१ दशलमव ९५ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एचएफआईएन’ रहेको छ ।
कम्पनीको शेयर बिहिबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।
Advertisment