Below Menu
Below Menu

रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, सात महिनामा भित्रियो साढे १२ खर्ब 

रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढ्यो, सात महिनामा भित्रियो साढे १२ खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा साढे १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब एक करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । 

माघ महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो । 

माघ मसान्तसम्म अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो । 

यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,७४,६२२ र १,९०,८८६ रहेको थियो ।
 

Advertisment

थप समाचार