काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा बन्द भएका थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १३ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ ।
Advertisment