Below Menu
Below Menu

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा पदभार ग्रहण, अटोमोबाइल क्षेत्रको उत्थानमा लाग्ने प्रतिबद्धता

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा पदभार ग्रहण, अटोमोबाइल क्षेत्रको उत्थानमा लाग्ने प्रतिबद्धता

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन्।

पदभार हस्तान्तरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष चौधरीले अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको दिगो विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे।

बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्। उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

यसैबीच, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमा पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ। नाडाले आगामी दिनहरूमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Advertisment

थप समाचार