काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालका नवनियुक्त महाप्रबन्धक डा. बाबुकाजी थापाले आइतबार पदभार ग्रहण गरका छन्।
महासंघको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष रमेश पोखरेलले थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा महासंघका उपाध्यक्ष डि.वी. बस्नेत, संचालकहरू टेकप्रसाद चौलागाईं, परितोष पौड्याल लगायत अन्य पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।
पदभार ग्रहण गर्दै महाप्रबनधक थापाले सहकारी अभियान नेपालको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले टिम स्पिरिटका साथ सबै सरोकारवालासँग सहकार्य गर्दै राष्ट्रिय सहकारी महासंघलाई अझ प्रभावकारी र नेतृत्वदायी संस्थाको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
Advertisment