सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा  

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा  

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।  फागुन २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।