काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा बन्द भएका थियो ।
आज कारोबारमा आएका १२४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८० करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज दरमखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment