Below Menu
Below Menu

पेट्रोलियम पदार्थको मूल्य वृद्धि पश्चात् पनि निगमलाई पाक्षिक ३.९३ अर्ब घाटा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि पश्चात् पनि निगमलाई पाक्षिक ३.९३ अर्ब घाटा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिअनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाइएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा २१६ रुपैयाँले मूल्य बढेर आएको छ। तर इण्डियन आयल कर्पोरेसनबाट प्राप्त दरअनुसार पूर्ण रूपमा मूल्य समायोजन नगरी केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मात्र वृद्धि गरिएको निगमले जनाएको छ।

मूल्य वृद्धि गरेपछि पनि नेपाल आयल निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

Advertisment

थप समाचार