काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा बन्द भएका थियो ।
आज कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ४.३९ प्रतिशतले घटेको छ ।
Advertisment