Below Menu
Below Menu

अर्थमन्त्री खनाल र नियामक निकायका प्रमुखहरूबीच छलफल, आर्थिक स्थायित्व र सुशासनमा जोड

अर्थमन्त्री खनाल र नियामक निकायका प्रमुखहरूबीच छलफल, आर्थिक स्थायित्व र सुशासनमा जोड

काठमाडौं : अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग अर्थ मन्त्रालयमा भेटघाट तथा छलफल गरेका छन्। उक्त भेटघाटमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालको पनि उपस्थिति रहेको थियो।

छलफलमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए।

भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, लगानीमैत्री वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी तथा विश्वसनीय बनाउन र समग्र आर्थिक सुशासन सुदृढ गर्न नियामक निकायहरूले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए।

त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र फलदायी रहेको उल्लेख गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास, वित्तीय अनुशासन कायम राख्ने प्रयास तथा आवश्यक नीति मार्गदर्शन प्रदान गरेकोमा अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका थिए।

Advertisment

थप समाचार