Below Menu
Below Menu

नेप्सेमा थपियो तीन कम्पनीको ६८ लाख ३० हजार कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो तीन कम्पनीको ६८ लाख ३० हजार कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाइन रेसुङगा डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको सवा ६८ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेले युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, शाइन रेसुङगा डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६८ लाख ३० हजार ६११ दशमलव ६४ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ५ प्रतिशत बोनसपछिको दुई लाख ३० हजार ४१२ कित्ता र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनसपछिको १४ लाख ६२ हजार ७१० दशलमव ५० कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० प्रतिशत बोनसपछिको ५१ लाख ३७ हजार ४८९ दशमलव १४ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार