काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ६.०७ अंकले घटेर २७९८.८३ बिन्दुमा बन्द भएकाे थियो ।
आज कारोबारमा आएका १३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १२ अर्ब तीन करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिडी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईसी एशिया ग्रोथ फण्ड २ को शेयरमूल्य ४.७४ प्रतिशतले घटेको छ ।
Advertisment