Below Menu
Below Menu

विजय लघुवित्तको एफपीओ र दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत 

विजय लघुवित्तको एफपीओ र दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्तको एफपीओसहित तीन कम्पनीको ५९ लाख कित्ता शेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेले युनाइटेड विजय लघुवित्त वित्तीय संस्थाको चार लाख ६६ हजार ८१७ कित्ता एफपीओ हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र ङादी ग्रुप पावर कम्पनीको बोनस शेयर गरी कुल ५९ लाख ९ हजार ५०४ दशमलव २८७५ कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १.५ प्रतिशत बोनसपछिको ३६ लाख ८३ हजार ९७२ कित्ता र ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनसपछिको १७ लाख ५८ हजार ७१५ दशलमव २८७५ कित्ता शेयर सूचीकृत भएको छ ।

उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार