काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment