काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच हजार चार सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment