Below Menu

भुजुङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

भुजुङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख कित्ता र संस्थापकको ८० लाख कित्ता गरी कुल एक करोड कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९०.०४ रुपैयाँदेखि २३०.१२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘बीजेएचएल’ रहेको छ ।

कम्पनीको शेयर आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार