Below Menu
Below Menu

नेप्से परिसूचकमा ६४ अंकको वृद्धि, कारोबार रकम २१ अर्ब २२ करोडमाथि

नेप्से परिसूचकमा ६४ अंकको वृद्धि, कारोबार रकम २१ अर्ब २२ करोडमाथि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा बन्द भएका थियो ।

आज कारोबारमा आएका २४० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आज बजारमा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १२ अर्ब तीन करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल लाइफ समृद्धि योजनाको शेयरमूल्य ५.१२ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार