Below Menu
Below Menu

प्रोफेसनल होल्डिङ्गले ५२ प्रतिशत लाभांश दिने, आईपीओ पनि निष्कासन गर्दै 

प्रोफेसनल होल्डिङ्गले ५२ प्रतिशत लाभांश दिने, आईपीओ पनि निष्कासन गर्दै 

काठमाडौं : प्रोफेसनल होल्डिङ्ग लिमिटेडले चैत २८ गते साधारणसभा बोलाएको छ । कम्पनीले बोनस शेयर वितरण र आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा ग्लोबल कलेज बानेश्वरमा दिउँसो २ बजे हुनेछ । 

उक्त सभाले गत आवको वित्तीय विवरणमाथि छलफल गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले गत आवको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार