काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला सात हजार आठ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment