Below Menu
Below Menu

मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैनः अर्जुननरसिंह केसी

मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैनः अर्जुननरसिंह केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे ।

पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो। ‘एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन,’ केसीले भने।

उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह पनि गरे। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने केसीले बताए।

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने टिप्पणी गरे।

Advertisment

थप समाचार