Below Menu
Below Menu

सुनको मूल्य तोलामा १२ हजार पाँच सयले घट्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामा १२ हजार पाँच सयले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १२ हजार पाँच सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार  रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार