Below Menu
Below Menu

२९ सय बिन्दुमा उक्लियो शेयर बजार, साढे २३ अर्ब नाघ्यो कारोबार  

२९ सय बिन्दुमा उक्लियो शेयर बजार, साढे २३ अर्ब नाघ्यो कारोबार  

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९५१.५५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा बन्द भएकाे थियो ।

आज कारोबारमा आएका १८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आज बजारमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज एनआईसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार