काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्ससहित छ कम्पनीको साढे दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेले नेशनल लाइफ, साना किसान विकास लघुवित्त, माउन्टेन इनर्जी, कालिञ्चोक दर्शन, नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकको दुई करोड ५२ लाख ४४ हजार ६६६ दशमलव २९४३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनसपछिको २१ लाख ८९ हजार ९५ दशलमव ८९ कित्ता र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको ६१ लाख ४५ हजार ४८५ दशमलव ६५७१ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनसपछिको ५२ लाख ५ हजार ४३१ दशलमव ४२ कित्ता र कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनसपछिको तीन लाख र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनसपछिको ७० लाख ४४ हजार ९९० दशमलव १० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनसपछिको ४३ लाख ५९ हजार ६६३ दशलमव २२७२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment