काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कार्यसमितिले पूर्णता पाएको छ।
आइतबार अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले संस्थाको विधान २०७१ (संशोधनसहित) को दफा २०।७ बमोजिम पुस २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै २९ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको हो।
नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरु अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक चयन भएका छन्।
त्यस्तै संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्।
साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह चयन भएका छन्।
त्यस्तै दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी अध्यक्षबाट मनोनित भएका छन्। त्यसैगरी अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले नाडाका पूर्व अध्यक्षहरुको सम्मानमा एउटा भेटघाट तथा छलफल कार्यक्रम समेतको आयोजना गरेको थियो।
Advertisment