काठमाडौं : काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा आज (चैत्र ८ गते) सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आबद्ध ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सदस्यहरूलाई सम्मान गरेको छ।
संस्थाको बनेपा सेवा केन्द्र, कुशादेवी सेवा केन्द्र र रोशी सेवा केन्द्रमा आबद्ध ज्येष्ठ तथा अपाङ्ग सदस्यहरूलाई संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सञ्चालक समिति सदस्य, सेवा केन्द्र सञ्चालन उपसमिति तथा प्रमुख कार्यकारी अधिकृतद्वारा सम्मान गरिएको थियो।
.jpg)
कार्यक्रमका क्रममा ज्येष्ठ सदस्यहरूको अनुभव र आशीर्वाद लिँदै आगामी दिनमा संस्थाले गर्नुपर्ने कामबारे सुझावसमेत संकलन गरिएको थियो।
यसैगरी, सेवा केन्द्रहरूमा उत्कृष्ट वित्तीय अनुशासन कायम राख्दै कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरूलाई पनि उनीहरूको लगनशीलता र संस्थाप्रतिको विश्वासको कदर गर्दै सम्मान गरिएको संस्थाले जनाएको छ।
संस्थाले आफ्ना हरेक सदस्यको सुख-दुःखमा साथ दिँदै वित्तीय साक्षरता र सामाजिक विकासमा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्य, सञ्चालक समिति तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरेको छ।
.jpg)
Advertisment