Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा ६५ सयले घट्यो 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा ६५ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला छ हजार पाँच सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार