काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९५१.५५ बिन्दुमा बन्द भएका थियो ।
आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सनराइज फर्स्ट म्युचुअल फण्डको शेयरमूल्य ३.७१ प्रतिशतले घटेको छ ।
Advertisment