Below Menu
Below Menu

सालमनीदेवी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

सालमनीदेवी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

काठमाडौं : सालमनीदेवी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो ।

हाईड्रोपावरले आयोजना प्रभावितलाई आठ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई आठ लाख ५० हजार कित्ता निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण शेयर निष्काशनका लागि प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावरका तर्फबाट सञ्चालक   पेरश दाहालले हस्ताक्षर गरेका छन् । 

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई  २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।


         


 

Advertisment

थप समाचार