Below Menu
Below Menu

डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा सुरु

डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा सुरु

काठमाडौं : नेपाल टेलिकमले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै डेनमार्क र दक्षिण कोरियामा भोल्टी रोमिङ सेवा सुरु गरेको छ। अब नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले यी दुई देशमा पनि उच्च गुणस्तरको भ्वाइस, डाटा तथा एसएमएस सेवा उपयोग गर्न सक्ने भएका छन्।

कम्पनीका अनुसार यस सेवाका लागि डेनमार्कको टेलिनोर डेनमार्क र दक्षिण कोरियाको एसके टेलिकमसँग सहकार्य सम्झौता सम्पन्न गरिएको हो।

यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान ९च्इऋ० मा उपलब्ध रहेको यो सेवा अब कुल ८ देशमा विस्तार भएको छ। नेपाल टेलिकमले हालसम्म विभिन्न देशका ९ सेवा प्रदायकसँग सम्झौता जनाएको छ। 

रोमिङ सेवा भनेको विदेशमा रहँदा पनि आफ्नो नेपाली मोबाइल नम्बरबाट स्वदेशकै जस्तै सेवा प्रयोग गर्न सकिने प्रविधि हो। अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिने छ । 

भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ । 

आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *१४१५# डायल गरी ‘एम्टिभ भोल्टी’ विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ । 

यस सम्बन्धमा थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
 
 

Advertisment

थप समाचार