Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, १४ अर्ब ८३ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, १४ अर्ब ८३ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा बन्द भएकाे थियो ।

आज कारोबारमा आएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार