Below Menu
Below Menu

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ।

बुधबार (आज) राति १२ बजेदेखिलागू हुने गरी निगमले मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ।

त्यस्तैडिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जनाएको छ।

Advertisment

थप समाचार