Below Menu

रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो।

पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।

विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ।

थप समाचार