Below Menu
Below Menu

ललितपुर सहकारी संघमा १५ गते निर्वाचन, अध्यक्षमा गोर्खाली र महर्जनबीच प्रतिस्पर्धा

ललितपुर सहकारी संघमा १५ गते निर्वाचन, अध्यक्षमा गोर्खाली र महर्जनबीच प्रतिस्पर्धा

काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ।

संघको निर्वाचन निर्देशिका २०८२ को दफा ७ (क) र (ख) मा ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन हुने व्यवस्था छ। 

दुवै समितिको नेतृत्व चयनका लागि यही चैत्र १५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक विजयराज घिमिरेले जानकारी दिए।

उपाध्यक्ष पदमा शशि खड्का गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्। त्यस्तै कोषाध्यक्षमा पुरुषोत्तम बजगाई र लेखा समिति सदस्य (महिला)मा इन्द्र कुमारी गुरुङ पनि निर्विरोध चयन भएका छन्। बाँकी पदका लागि भने निर्वाचन हुने भएको छ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केदार गोर्खाली र जगतलाल महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै सचिव पदमा दिनेश संजेल र अनल वीर बज्राचार्यबीच प्रतिस्पर्धा हुने छ ।

तीन खुला सञ्चालक सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ। खुला सञ्चालक सदस्यमा देवप्रसाद घिमिरे (बासु), पुस्कर खत्री, राम गोविन्द महर्जन, उपेन्द्र अवाले, निरन खड्का र दिपेन्द्र रमण डंगोलबीच प्रतिस्पर्धा हुनेछ।

दुई महिला सञ्चालकमा सविना तण्डुकार, तुलसा खड्का र इन्द्र कुमारी शाक्यको उम्मेदवारी परेको छ।

लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा प्रल्लाद विष्ट र रामगोपाल महर्जनबीच प्रतिस्पर्धा हुने छ। लेखा लेखा समिति सदस्यमा सन्तोष तिमल्सिना र ठक्कर घिमिरे प्रतिस्पर्धा हुनेछ।

संघको पौष १८ गते भएको ३४ औं वार्षिक साधारण सभाले विनियम संशोधन पश्चात् नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो।

Advertisment