काठमाडौं : प्रविधि उद्यमी, अनुसन्धानकर्ता तथा आकाश डिजिटल प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत टंक प्रसाद अधिकारीको “Digital Transformation of Nepalese Cooperatives Through Akash DMS” शीर्षकको शोधपत्र प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन SIP 2026 (International Conference on Sustainable Innovations and Partnerships) को छनोट सूचीमा समावेश भएको छ।
उक्त शोधपत्र आगामी अप्रिल महिनामा आधिकारिक रूपमा प्रकाशित हुने बताइएको छ । विश्वभरका उत्कृष्ट अनुसन्धानकर्तामध्ये छनोट भई अधिकारीको उक्त शोधपत्र अब भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको हो। यो उपलब्धि करिब दुई वर्षको निरन्तर अनुसन्धान, अध्ययन र प्रयोगात्मक कार्यको परिणाम भएको अनुसन्धानकर्ता अधिकारीले बताए।
विशेषगरी, नेपालको सहकारी क्षेत्रमा देखिएका कागजी प्रणालीमा आधारित अभिलेख व्यवस्थापनको कमजोरी, ऋण प्रक्रिया ढिलाई, पारदर्शिताको अभाव तथा अनुपालनसम्बन्धी चुनौतीहरूलाई समाधान गर्ने उद्देश्यले यो अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानकै आधारमा विकास गरिएको Akash DMS (Digital Management System) एक नवप्रवर्तनमूलक, अनुसन्धान-आधारित डिजिटल प्रणाली हो, जसले सहकारी संस्थाहरूमा दस्तावेज व्यवस्थापन, डिजिटल KYM, स्वचालित ऋण प्रक्रिया, कार्य व्यवस्थापन, कागजात म्याद सचेतना (expiry alert) तथा क्लाउड-आधारित सुरक्षित अभिलेखीकरणलाई एकीकृत रूपमा सञ्चालन गर्ने सुविधा प्रदान गर्दछ।
हाल Akash DMS नेपालभर ५०० भन्दा बढी सहकारी संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयनमा रहेको छ। प्रणाली प्रयोगपछि कागजात खोज्ने समय घण्टौँबाट सेकेन्डमा झरेको, ऋण प्रक्रिया ५०–६०% ले छिटो भएको, त्रुटि दर ८०% भन्दा बढीले घटेको तथा समग्र कार्यदक्षता उल्लेखनीय रूपमा वृद्धि भएको तथ्यांकहरूले देखाएका छन्।
यसैबीच, अधिकारीलाई Innovative Finance UK द्वारा प्रकाशित “Powerlist 2026” मा समेत समावेश गरिएको छ, जसले उहाँको अन्तर्राष्ट्रिय स्तरको पहिचान र योगदानलाई थप सुदृढ बनाएको छ। SIP 2026 को Organizing तथा Scientific Committees द्वारा गरिएको छनोटले उक्त अनुसन्धानको गुणस्तर, प्रभावकारिता र अन्तर्राष्ट्रिय महत्वलाई पुष्टि गरेको छ।
विशेषगरी, नेपालको सहकारी क्षेत्र सुधार, पारदर्शिता अभिवृद्धि र डिजिटल सुशासनको प्रवर्द्धनका लागि अधिकारीको यस अनुसन्धानले थप महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अधिकारीले यस अवसरलाई नेपालको डिजिटल रूपान्तरणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण उपलब्धिको रूपमा लिँदै, आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (AI), OCR प्रविधि तथा ब्लकचेनजस्ता उन्नत प्रविधिहरूलाई प्रणालीमा समावेश गर्दै अझ प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए।
LInk : Digital Transformation of Nepalese Cooperatives Through Akash DMS
Advertisment