Below Menu
Below Menu

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर श्रेष्ठ विजयी

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर श्रेष्ठ विजयी

काठमाडौं : नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित भएका छन्।

आज सम्पन्न निर्वाचनमा श्रेष्ठले ७३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी शिव ओझाले ५९७ मत प्राप्त गरेका थिए।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा हेमराज श्रेष्ठ निर्वाचित भएका छन्। उनले ७३९ मत ल्याउँदा राजु सत्यालले ५९३ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा राजन श्रेष्ठ ७४७ मतसहित विजयी हुँदा विरेन्द्र श्रेष्ठले ५८० मत ल्याएका थिए।

अन्य पदहरूमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको समितिले जनाएको छ।

Advertisment